You are viewing the translated version of टेलिफोन स्वामित्व शुल्क.
Section 14
टेलिफोन स्वामित्व शुल्क
(१) टेलिफोन जडान गर्ने ग्राहकबाट टेलिफोन स्वामित्व शुल्क बापत पाँचसय रुपैयाँ असुल गरिनेछ। टेलिफोनको स्वामित्व परिवर्तन भएको अवस्थामा टेलिफोनको स्वामित्व प्राप्त गर्ने व्यक्तिबाट समेत त्यस्तो शुल्क असुल गरिनेछ ।
तर मोबाइल टेलिफोनको हकमा प्रत्येक सिमकार्ड र रिचार्ज शुल्कको दुई प्रतिशतका दरले टेलिफोन स्वामित्व शुल्क लाग्नेछ ।
(२) उपदफा (१) बमोजिमको शुल्क दूरसञ्चार सेवा उपलब्ध गराउने निकायले असुल: गरी प्रत्येक महिनाको शुल्क अर्को महिनाको पच्चीस गतेभित्र राजस्व खातामा दाखिल गर्नु पर्नेछ।
(३) उपदफा (२) बमोजिमको अवधिभित्र शुल्क दाखिल नगरेमा सम्बन्धित निकायबाट वार्षिक पन्ध्र प्रतिशत ब्याजसहित असुल गरिनेछ।
(४) टेलिफोन स्वामित्व शुल्कको प्रशासन आन्तरिक राजस्व विभागले निर्धारण गरे बमोजिम हुनेछ।